प्रकाशित मिति : आइतवार, चैत्र २७, २०७३
पर्वत । पर्वतको एक रेडियोद्वारा विकट गाउँका ४०० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
सात वर्षदेखि कुश्माबजारमा महिलाको व्यवस्थापनमा सञ्चालित सामुदायिक रेडियो दिदीबहिनी पर्वतले जिल्लाको मोदी गाउँपालिकाका वृद्धवृद्धालाई सम्मान गरेको हो । शनिबार पातीचौरमा आयोजित एक कार्यक्रममा वृद्धवृद्धालाई दोसल्ला, नगद र फलफूलले सम्मान गरिएको रेडियोका अध्यक्ष सांसद कल्पना चापागाईंले जानकारी दिइन् ।
रेडियोले सामाजिक दायित्वअन्तर्गत आफ्ना स्रोतालाई सम्मान गरेको र यो सम्मानले वृद्धवृद्धामा आत्मसम्मान र हौसला बढेको सांसद चापागाईंले जानकारी दिइन् ।
रेडियोले गत फागुनमा सञ्चालित पश्चिमाञ्चल महिला महोत्सवको अवसरमा पनि जिल्लाभरका ३०० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij