बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

ज्यामिरेमा दुर्घटना : तीन भारतीयको घटनास्थलमै मृत्यु

  • प्रकाशित मिति : आइतवार, चैत्र २७, २०७३



  • हेटौँडा ।  चितवनको नारायणघाटबाट हेटौँडा आउँदै गरेको ना ६ ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडाँै जान आइरहेको बीआर ६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा – नारायणघाट सडकखण्डको ज्यामिरेमा गएराति १०ः३० बजे ठक्कर दिँदा घटनास्थलमै तीन जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    मृत्यु हुने भारतीय नागरिकमध्ये भारतको सीतामाणि बस्ने वर्ष ३९ को नितेशकुमार सिंह र सोही स्थान बस्ने वर्ष ४५ को सञ्जयकुमार शर्मा र अर्का मृतक पुरुष रहेको र उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

    सोही कारमा रहेको भारत सीतामाणि बस्ने रामकुमार शर्माको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij