आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भूकम्पपीडितसँग आवास निर्माण अनुदान सम्झौता सुरु

  • प्रकाशित मिति : सोमवार, चैत्र २८, २०७३



  • सोलुखुम्बु  । सोलुखुम्बुका भूकम्पपीडितको आवास निर्माणका लागि भूकम्प गएको झन्डै दुई वर्षपछि आइतबारबाट अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ । दूधकुण्ड नगरपालिकाको केरुङस्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी भूकम्पपीडितको अनुदान सम्झौता शुभारम्भ गरिएको हो ।

    फागुन र चैत महिनामा गरी भूकम्पपीडितको स्थलगत लगत सङ्कलन सम्पन्न गरिएपछि अब अनुदान सम्झौता सुरु गरिएको हो । पहिलो किस्ताबापत रु ५० हजार भूकम्पपीडितले प्राप्त गर्दैछन् ।

    पहिलो चरणमा सम्झौता प्रक्रिया सुरु गरिएको जिल्ला समन्वय समितिका संयोजक कृष्णप्रसाद साप्कोटाले जानकारी दिए ।

    तथ्याङ्क विभागमार्फत भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणले सोलुखुम्बुमा गरेको लगत सङ्कलनमा अहिलेसम्म १७ हजार ८९ घर पहिचान भएको छ ।

    खुम्बु क्षेत्रमा लगत सङ्कलन सुरु भएको छैन ।

    पहिचान भइसकेका घरपरिवारलाई आजैबाट अनुदान सम्झौता सुरु भएको छ ।

    जिल्लाका सबै भूकम्पपीडितको सम्झौता गरिसकेपछि मात्रै अनुदानबापतको पहिलो किस्ता रु ५० हजार बंैकमार्फत पीडितको हातमा पुग्ने संयोजक सापकोटाले दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij