आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुदूरका पहाडमा अप्टिकल फाइबर बिछ्याइँदै

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २९, २०७३



  • बैतडी । सुदूरपश्चिमका सात पहाडी जिल्लामा अप्टिकल फाइबर (एडिएसएस) बिछ्याउन सर्वेका काम थालिएको छ ।

    कैलालीको अत्तरियादेखि डडेल्धुरा हुँदै बैतडी र बैतडीदेखि दार्चुलाको गोकुलेश्वरसम्म सर्वे गरिने छ । डडेल्धुरादेखि दीपायल हुँदै अछाम सदरमुकामसम्म सर्वेको कार्य सुरु गरिएको मिसन कन्सट्रक्सन प्रालि काठमाडौँका टिम लिडर सरोज रायमाझीले बताए ।

    प्रत्येक जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबरको पहुँच पुर्‍याउने सरकारको उद्देश्यअनुसार नेपाल टेलिकमले कन्सल्टेन्सीमार्फत अप्टिकल फाइबर जडान गर्न सर्वे थालेको नेपाल टेलिकम सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयका सहायक प्राविधिक अधिकृत नारायण भट्टले बताए ।

    ‘दुई वर्षभित्र सुदूरपश्चिमका पहाडी जिल्लाका सदरमुकामसम्म अप्टिकल फाइबरको पहुँच पुर्‍याउने उद्देश्यले काम भइरहेको छ,’ उनले भने ।

    अत्तरियादेखि डडेल्धुरासम्म नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमार्फत ओपिजिडब्लु अप्टिकल फाइबर पुर्‍याइनेछ । अप्टिकल फाइबर बिछ्याएपछि दु्रत गतिको इन्टरनेट सेवा र ल्यान्डलाइन फोन सेवा सञ्चालन गर्न सकिने र सेवामा समेत गुणस्तरीयता बढ्ने भट्टले बताए ।

    सुदूरपश्चिमका पहाडी जिल्लामा अहिलेसम्म माइक्रोवेभ प्रणालीमार्फत टेलिकमले आफ्नो सेवा दिइरहेको छ तर त्यसमा ब्यान्डविथ सीमित हुुने भएकाले समस्या आउने गरेको छ । अप्टिकल फाइबर बिछ्याएपछि ब्यान्डविथ असीमित हुने र सेवा प्रभावकारी हुने भट्टको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij