बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सगरमाथाको आधारशिविरमा सङ्कलन हुने मलमूत्रबाट ग्यास निकालिने

  • प्रकाशित मिति : बिहिबार, चैत्र ३१, २०७३



  • सोलुखुम्बु । सगरमाथा आधारशिविरमा सङ्कलन हुने दिसापिसाबबाट ग्यास उत्पादन गरिने भएको छ ।

    अघिल्ला वर्षमा पाँच हजार तीन सय मिटर उचाइमा रहेको आधारशिविरबाट सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले मानिसको मलमूत्र सङ्कलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको थियो, तर त्यहाँ पनि फोहोरको मात्रा बढेपछि अहिले डम्पिङ साइड लोबुचे छेउमा सारिएको छ । त्यहाँ पनि समस्या बढ्न थालेपछि सो मलमूत्रबाट खाना पकाउने ग्यास उत्पादन गर्ने विकल्प खोजिएको एसपीसीसीका अध्यक्ष आङ दोर्जी शेर्पाले बताए ।

    अध्यक्ष शेर्पाकाअनुसार समस्या समाधानका लागि समितिले सियाटल विश्वविद्यालय (अमेरिका) र काठमाडौँ विश्वविद्यालय (केयू) को सहकार्यमा सगरमाथा बायोग्यास परियोजनाको नामबाट अनुसन्धान गरेको थियो । अध्ययनले सगरमाथा क्षेत्रको मानव मलमूत्रलाई ग्यासमा परिवर्तन गर्न सकिने देखाएको छ । त्यही परियोजनाको विस्तारित रुपमा बायोग्यास प्लान्ट बनाउन लागिएको अध्यक्ष शेर्पाले बताए ।

    सगरमाथा आधारशिविरबाट सङ्कलन गरिएको मानव मलमूत्रको नमुना १० महिनासम्म केयूको वातावारण विज्ञान प्रयोगशालामा राखेर अध्ययन गरिएको थियो ।

    सन् २०१६ मा सकिएको अध्ययनमा मानव मलमूत्रबाट न्यूनतम २० डिग्री सेल्सियस तापक्रममा बायोग्यास उत्पादन गर्न सकिने निष्कर्ष निस्किएको हो । न्यूनतम २० डिग्री सेल्सियस तापक्रममा एम मिलिलिटर मानव मलमूत्रबाट एक दिनमा १५ मिलिलिटर ग्यास निस्कने अध्ययनले देखाएको छ । जसमा मिथेनको मात्रा १० मिलिलिटर छ ।

    केयूमा भएको अनुसन्धान सफल भएपछि गोरकशेप क्षेत्रमा बायोग्यास प्लान्ट बनाउन थालिएको छ । तीन हजार ७९० मिटर उचाईमा रहेको सोलुखुम्बुकै खुम्जुङमा बायो सेक्टर पार्टनरसिप नेपालले यसअघि नै बायोग्यास प्लान्ट बनाएको छ । तापक्रम शून्यभन्दा तल पुग्ने हिमाली क्षेत्रमा बायोग्यास प्लान्टको डाइजेष्टर तताउन ग्रीनहाउस पनि बनाउनुपर्छ ।

    सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न आधारशिविर पुग्ने आरोही र उनीहरूका सहयोगीले कम्तीमा आठ किलोग्राम फोहोर फिर्ता ल्याउनुपर्ने नियम छ । उनीहरूले काँच, धातु र प्लास्टिकजन्य फोहोर फर्काउने गरेका छन् । आधारशिविरको मानव मलमूत्र भने एसपीसीसीको व्यवस्थापनमा भरियालाई बोकाएर गोरकशेप झार्ने गरिएको छ ।

    गोरकशेपको तापक्रममा पनि मानव मलमूत्र नसड्ने हुँदा प्रदूषण यथावत् रहन्छ । मलमूत्र पानीका मुहानमा पुगेर इकोलाई लगायतका जीवाणु फैलने खतरा पनि उत्तिकै छ ।

    ती मलमूत्र गाड्न धेरै खाल्डा बनाइएको र वर्षायाममा तिनमा चौंरी पर्ने गरेको गोरपशेपका मिङ्गमार शेर्पा बताउँछन् ।

    समस्या बन्दै गएको सगरमाथा आधारशिविरको मानव मलमूत्रबाट ग्यास निकाल्न थालिएपछि गोरपशेपका तथा लबुचे मलमूत्रको समस्यासँगै खाना पकाउने इन्धनको समस्या पनि हट्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले बताएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij