बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

छोरीको विवाह गर्ने तयारीमा रहेका तीन परिवारको कन्तबिजोग

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १, २०७४



  • चन्द्रौटा (कपिलवस्तु) ।   आगलागीबाट सर्वस्व गुमाएका कपिलवस्तुको शिवराज नगरपालिका– १०  शितलापुरका अग्नीपीडित यतिबेला विचल्लीमा परेका छन् । आगलागीले उनीहरुको बासस्थान नै खरानीमा परिणत भएको छ ।

    वर्षभरिलाई थन्क्याएर राखेको अन्नपात सबै जलेर नष्ट भएको छ । जीउमा लगाएको एकसरो बाहेक घरभित्रको सम्पूर्ण सम्पत्ति नष्ट भएको छ ।

    त्यहाँका तीन परिवारको त झनै बिजोग बनेको छ । छोरीको विवाहको तयारीमा रहेका तीन जना अग्नीपीडित परिवारले छोरीको विवाह कसरी गर्ने भन्ने चिन्तामा छन् । नन्हे रैदासले एकसातापछि बैशाख ६ गते छोरीको विवाहको तयारी गरेका थिए ।२ सय बढी घरधुरी रहेको उक्त बस्तीमा बीस वर्षअघि पनि आगलागी हुँदा पूरै बस्ती नै सखाप भएको थियो ।

    “आगोले सर्वस्व लुट्यो, अब के गर्ने, बहिनीको विवाह कसरी सकाउने भन्ने पिरलोले सताएको छ”–दाजु पुजारी रैदासले चिन्ता व्यक्त गरे । रैदास परिवार जस्तै मन्नु पासी र मन्नान मियालाई पनि छोरीको विवाहका लागि जुटाएको सामान सबै आगोले छिनेपछि चिन्तित बनेका छन् । छोरीको विवाहका लागि सहयोग गरिदिन उनीहरुले प्रशासन तथा संघसंस्थासँग हारगुहार मागेका छन् ।

    बुधबार दिउँसो साढे ११ बजे हावाहुरीसँगै मन्नान मियाको घरबाट सल्किएको आगोले शितलापुरबासीलाई रुवाउनु रुवायो । आगोले शितलापुरको दक्षिणी टोलको ५९ घरगोठ जले पनि वास्तविक ३५ घरपरिवार रहेको प्रशासनले अन्तिम डाटा निकालेको छ । प्रशासनको प्रारम्भिक तथ्यांकअनुसार ५० लाख बढीको क्षति भएको बताइएको छ ।

    आगलागीबाट स्कूले बालबालिकाहरुको सम्पूर्ण किताब, कापी, विद्यालय पोशाक समेत जलेर नष्ट भएको बताइएको छ । २ सय बढी घरधुरी रहेको उक्त बस्तीमा बीस वर्षअघि पनि आगलागी हुँदा पूरै बस्ती नै सखाप भएको थियो । पुनः बीस वर्षपछि आगलागी हुँदा ३५ घरपरिवारको ५९ घरगोठ जलेर नष्ट भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij