प्रकाशित मिति : शुक्रबार, बैशाख १, २०७४
गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको विभिन्न सामुदायिक वन क्षेत्रमा लागेको डढेलोको कारण अहिलेसम्म झण्डै ५०० हेक्टर वन क्षेत्र सखाप भएको छ ।
जिल्ला वन कार्यालयका अनुसार जिल्लाको पूर्वी क्षेत्रको ज्यामिरे सामुदायिक वन, हँडिया सामुदायिक वन तथा माछापुछ्र्रे सामुदायिक वन हुँदै डढेलो देउराली सामुदायिक वनतर्फ फैलिदै गएको छ ।
अहिले डढेलो चारैतिर फैलिन थालेपछि वनका कर्मचारीहरू र स्थानीयवासीसमेत डढेलो नियन्त्रण गर्न परिचालन गरिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत लालबाबु यादवले बताए ।
देउराली र माछापुछे्र वनमा लागेको डढेलो मानव वस्तीतर्फ आउन लागेको कारण आफूहरू चौबिसै घण्टा डढेलो नियन्त्रण गर्न लागिपरेको हँडिया ज्यामिरेका स्थानीयवासी केदार खड्काले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij