बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

जिब्रो नछेडिने टोखाको बिस्केट जात्रा यसरी मनाइन्छ

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १, २०७४



  • काठमाडौँ ।  काठमाडौँको उत्तरी भेगस्थित टोखामा आजदेखि बिस्केट जात्रा सुरु भएको छ । प्राचीन संस्कृति, सभ्यता र मौलिकताले भरिएको नगरका रुपमा मानिने टोखाको बिस्केट जात्रामा स्थानीय कुमारी र गणेशलाई जात्रामा सहभागी गराइएपछि जात्रा सुरु भएको हो ।

    प्रत्येक वर्ष वैशाख १ देखि ४ गतेसम्म सञ्चालन हुने सो जात्रामा स्थानीय ठनेलाछी टोलमा गणेश, चण्डेश्वरीलगायत देवीदेवतालाई सिन्दुर हालेर जात्रा निकालिनाका साथै स्थानीय विभिन्न देवदेवीको पूजा गरिन्छ ।

    मौलिक परम्पराका साथ मनाइने उक्त जात्राका लागि अघिल्लो दिन स्थानीय देवदेवीलाई खुसी पार्न पञ्चबलिसमेत दिइन्छ । यसो गर्दा जात्रा अवधिभर बिघ्नबाधा नआउने जनविश्वास छ । यहाँको जात्रामा जिब्रो छेड्ने परम्परा भने छैन । सो जात्रा कहिलेदेखि सुरु भएको भनेर यकिनका साथ भन्न नसकिए पनि प्राचीन समयमा यहाँको बस्तीमा विभिन्न दानवीय शक्तिले सर्वसाधारणलाई दुःख दिन थालेपछि जनतालाई सुरक्षित बनाउन सो जात्राको प्रचलन सुरु गरिएको जात्रा व्यवस्थापन समितिका प्रतिनिधि देवराज डङ्गोलले जानकारी दिए ।

    जात्रामा मेला भर्नका लागि काठमाडौँ तथा आसपास क्षेत्रबाट भक्तजनको सहभागिता छ । मेलामा सहभागी भक्तजनको व्यवस्थापनका लागि सुरक्षाकर्मीसहितको सहयोगमा स्थानीय क्लब तथा स्थानीय सङ्घसंस्थाको सहभागितामा स्वयंसेवक परिचालन गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij