आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

न्यायिक मेलमिलापका लागि तालिम

  • प्रकाशित मिति : सोमवार, बैशाख ४, २०७४



  • पाल्पा ।  नेपाल महिला न्यायाधीश मञ्च र मेलमिलाप परिषद्को आयोजनामा पाल्पामा मेलमिलापसम्बन्धी आधारभूत तालिम आइतबार सम्पन्न भएको छ ।

    पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका जिल्ला अदालतका कर्मचारी, शिक्षक, समाजसेवी तथा पत्रकारको सहभागितामा सो तालिममा विवादको समाधान मेलमिलापबाट गरिने क्षमताको विकास भएको आयोजकले जनाएको छ । २७ जना मेलमिलापकर्ता उत्पादन गरेर परिषद्ले समाज तथा अदालतमा विवादको मेलमिलापबाट समाधान खोज्ने छन् ।

    समापन समारोहमा जिल्ला न्यायाधीश डिल्लीरमण तिवारीले लुकेको कुरालाई बाहिर ल्याएर मेलमिलापकर्ताले विवादको समाधान गर्न सक्नुपर्ने बताए ।
    सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा मञ्चका अध्यक्ष सारदा श्रेष्ठले मेलमिलापका आधारभूत ज्ञान सिपको विकास गरी विवादलाई मेलमिलापका आधारमा समाधानको बाटो खोज्नुपर्ने बताए ।

    सर्वोच्चका पूर्व न्यायाधीश तथा मञ्चका उपाध्यक्ष गौरी ढकालले तालिमले नयाँ ऊर्जा थपेको र सकारात्मक सोचका साथ मेलमिलापका काम अगाडि बढाउनुपर्ने भावना जागृत रहेको विचार व्यक्त गरे । तालिम चैत २७ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन भएको थियो ।

    तालिममा विवाद, द्वन्द्वको अवधारणा र विकास, विवाद समाधानका परम्परागत तरिका, समाधानका वैकल्पिक उपाय, मेलमिलापसम्बन्धी केही देशका अभ्यास, मेलमिलाप सञ्चार, सुन्ने सिप र प्रश्न गर्ने कला, मेलमिलापको महत्व, मेलमिलापकर्ताको भूमिका, दायित्व र गुण, नेपालमा मेलमिलापसम्बन्धी कानुनी व्यवस्था छलफलको विषयवस्तु बनेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij