आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घुस लिएको अभियोगमा तीन पक्राउ : तोडफोड अभियोगमा अखिल क्रान्तिकारीका सुरेन्द्र पक्राउ

  • प्रकाशित मिति : शनिबार, बैशाख ९, २०७४



  • चितवन ।  जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालय भरतपुरका दुई कर्मचारी र एक लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मालपोत कार्यालयका नासु, मनोज निरौला, कम्युटर अपरेटर प्रदीप पौडेल र लेखापढी व्यवसायी फडीन्द्रराज तिवारी छन् । उनीहरुमध्ये निरौलाले चण्डीभन्ज्याङका बिर्खलाल गुरुङको हजुरबुबाका नामको जग्गा हजुरआमाका नाममा नामसारी गर्न नाममा मणि र मनि नमिलेको भन्दै छ हजार मागेको गुरुङले आरोप लगाए ।

    त्यस्तै कम्युटर अपरेटर तिवारीले ५०० लिएको अभियोग लगाइएको छ । । लेखापढी व्यवसायीले बिचौयियाको काम गरेको आरोप छ । जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमनारायण शर्माको नेतृत्वमा उपभोक्ता अधिकार संरक्षण मञ्च र जिल्ला प्रहरीसहितको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले उनीहरुलाई कारबाहीका लागि आइतबार जिल्ला प्रशासन कार्यालय पठाइने बताए ।

    यसैबीच भरतपुरको चौबिसकोठीमा ट्राफिक जनचेतनाका लागि निर्माण गरिएको डिजिटल सूचना पाटी तोडफोड गरेको अभियोगमा नेपाल कम्युनिस्ट पार्टी निकटअखिल (क्रान्तिकारी) सप्तगण्डकी क्याम्पस एकाइका अध्यक्ष सुरेन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी उपरीक्षक थापाका अनुसार पौडेलसहित तीन जनाले गए राति १२ बजे र १९ मिनेट जाँदा टेलिभिजनसहितको सूचना पाटी तोडफोड गरेका हुन् । फरार अन्य दुईको खोजी भइरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij