प्रकाशित मिति : आइतवार, बैशाख १०, २०७४
परासी । प्रहरीको सीमा क्षेत्रमा कडा निगरानीका कारण महेसपुर भन्सार कार्यालय नवलपरासीको भन्सार राजस्वमा बृद्धि भएको छ । 
जिल्लामा मौलाएको चोरी निकासीलाई नियन्त्रण गर्न शसस्त्र प्रहरीले सीमाक्षेत्रमा कडा निगरानी गरेपछि भन्सारमा बृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ को ९ महिनासम्मको कुल राजस्व ४ करोड, २९ लाख, २४ हजार ७ सय ६४ रुपिया संकलन भएको कार्यालयका नासु विरेन्द्र पाण्डेले जानकारी दिए ।
कार्यालयले भन्सार पैठारी तर्फ २ करोड, १७ लाख १८ हजार ७ सय ३२ रुपिया राजस्व संकलन गरेको छ भने कृषि सुधार शुल्क तर्फ ४५ लाख ७७ हजार ३ सय ८०, पैठारी सेवा दस्तुर तर्फ ७ लाख ९४ हजार, अन्तशुल्क २, लाख १३ हजार ३ सय २४, मुल्य अभिबृद्धि कर तर्फ १ करोड, ५६ लाख २१ हजार ३ सय २८ रुपिया राजस्व संकलन गरेको नासु पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार चैत्र महिनामा मात्र कार्यालयले ४२ लाख ९८ हजार ६ सय २६ रुपिया राजस्व संकलन गरेको छ । यसवर्ष विगतको ५ वर्ष यता अधिक राजस्व उठने कार्यालयको अनुमान छ ।
महेसपुर नाकाबाट खास गरि खाद्यान्न, कपडालत्ता, भाँडाकुडा, हार्डवेयर, ईलेक्ट्रोन्सि र किराना पसलका सामानहरुको निकासी पैठारी हुने गरेको छ ।
महेसपुर भैरहवाँ भन्सार कार्यालय अन्तर्गत एक छोटी भन्सार कार्यालय हो जुन नवलपरासी जिल्लाको मुख्य नाकाको रुपमा लिइएको छ ।
जिल्लामा महेसपुर भन्सार संगै भुजहवाँ, झुल्नीपुर, त्रिवेणी र विषुनपुरा छोटी भन्सार कार्यालय पनि छन् जसले सवारी साधनको सुविधा मात्र काटने काम गर्दै आएका छन् ।
महेसपुर मात्र जिल्लाको एक यस्तो नाका छ जसबाट स–साना परिमाणका मालबस्तुहरुको मात्र निकासी हुँदै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij