प्रकाशित मिति : मङ्लबार, बैशाख १२, २०७४
काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले सरकारले निजी विद्यालयको वृद्धि शुल्क फिर्ता लिने निर्णय कार्यान्वयन नगरेको जनाउँदै आज देशभरका जिल्ला शिक्षा कार्यालय (जिशिका) घेराउ गरेका छन् ।
उनीहरुले शिक्षामन्त्री धनीराम पौडेलले विद्यालयको वृद्धि शुल्क फिर्ता गराउने भने तापनि अहिलेसम्म नगराएको भन्दै देशभरका जिशिका घेराउ गरिएको नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी गराए । “हाम्रो ज्ञापनपत्र बुझ्दै तीन दिनभित्र शुल्क गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो”, उनले भने, “तर त्यो कार्यान्वयन नभएपछि हामी बाध्य भएर जिशिका घेर्न आएका हौँ ।”
विद्यार्थी सङ्गठनले नाराजुलुस गर्दै बिहान १० देखि मध्याह्न १२ बजेसम्म काठमाडौँ जिशिका घेराउ गरे । वृद्धि शुल्क फिर्ता गर, वैज्ञानिक शुल्क निर्धारण गर, निजी विद्यालयको अनुगमन गर जस्ता नारा लगाउँदै जिशिका काठमाडौँ घेराउ गरिएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij