प्रकाशित मिति : शनिबार, बैशाख २३, २०७४
सबैभन्दा बढी उमेरमा सगरमाथा आरोरण गरी नयाँ रेकर्ड बनाउन खोज्न मीनबहादुर शेरचनको निधन भएको छ ।
८५ वर्षको उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गर्छु भन्दा शेर्पाको ज्यान गएको हो । उनले सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरेको रेकर्ड बनाउन चाहेका थिए ।
सन् २०१३ मा जापानका यूचीरा मिउराले ८० वर्षको उमेरमा सगरमाथा आरोहरण गरी सबै बढी उमेर उमेरमा सगरमाथा पुगेको रेकर्ड बनाएका छन् । शेरचनले मिउराको रेकर्ड तोड्न चाहेका थिए ।
शेरचनले यसअघि सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथा आरोहण गरी सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरेको रेकर्ड बनाएका थिए । तर मिराउले सन् २०१३ मा उक्त रेकर्ड तोडिदिएका थिए ।
सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुगेका शेरचनको ८५ वर्षीय शेरचनको शनिवार निधन भएको हो । उनको शनिबार बेलुका ५ बजेर १४ मिनेटमा आधार शिविरमै निधन भएको हो ।

म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित सगरमाथा आरोहणका लागि निस्किएका थिए ।
केही दिनअघि मात्रै सगरमाथा चढ्ने क्रममा ४० वषका स्वीस पर्वतारोही उइली स्टेकको मृत्यु भएको थियो ।
यसअघि पनि ८१ वर्षको उमेरमा मीनबहादुरले मिउराको रेकर्ड तोड्ने प्रयास गरेका थिए । तर खराब मौसमका कारण उनको उक्त अभियान बीचैमा छाड्नु परेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij