बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

मध्यरातमा तीनवटा गाडी आपसमा ठोक्किँदा १३ जना घाइते

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २६, २०७४



  • चिवतन । पूर्वी चितवनको रत्ननगरस्थित सौराहा चोकमा तीनवटा गाडी एकआपसमा ठक्कर खाँदा १३ यात्रु घाइते भएका छन् ।

    रत्ननगर नगरपालिका–१ स्थित सडकमा गएराति १२ः३० बजेको समयमा उक्त दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ ख ९३११ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ६१६३ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

    दुर्घटनाका क्रममा बा ३ ख ९३११ नम्बरको बसको पछाडिबाट आइरहेको ना ५ ख ९१३६ नम्बरको बस समेत ठक्कर खान पुग्दा दुवै बसका गरेर १३ जना यात्रु घाइते भएका हुन् ।

    घाइतेमध्ये चारजनाको रत्ननगर बकुलहर अस्पतालमा उपचार भइरहेको छ भने अन्यको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    बस र ट्रकका चालक भने इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेका छन् । तीव्रगतिमा गाडी चलेकाले दुर्घटना भएको अनुमान प्रहरीको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij