प्रकाशित मिति : मङ्लबार, बैशाख २६, २०७४
चितवन । नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसको तर्फमा संयुक्त प्यानलका मेयर र उपमेयरले भरतपुर महानगरलाई सकुम्वासीमुक्त महानगर घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरमा संयुक्त घरदैलोका क्रममा उनीहरुले सुकुम्बासीमुक्त बनाउने प्रतिवद्धता जनाएका हुन् ।
सुकुम्वासी समस्या हल नगरेसम्म ‘स्मार्ट सिटी’ नबन्ने भन्दै आफूहरुले महानगरलाई कुनै पनि हालतमा सकुम्वासीमुक्त महानगर घोषणा गर्ने दावी गरे ।
मेयर पदकी उम्मेदवार रेणु दाहालले काँग्रेस र माओवादीको विचार र एजेण्डा मिले जसरी नै दुई दलले देखेको आधारमा महानगरको विकासलाई दु्रत गतिमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।
यस्तै सभामा बोल्दै उपमेयरकी उम्मेदवार पार्वती शाहले आफुहरु विजयी भएसँगै हरेक नागरिकले आफ्नो जग्गासहितको आवासमा बस्न पाउने बताइन् । महानगर मात्र नभइ जिल्लालाई नै आफूहरु मिलेर सुकुम्बासीमुक्त जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।
घरदैलो कार्यक्रममा नेपाली काग्रेसका नेताहरु मिलनबाबु श्रेष्ठ, उमा गिरी र माओवादी केन्द्रका नेताहरु पूर्णकुमारी सुवेदी र ईश्वर सापकोटा लगायतको सहभागिता थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij