प्रकाशित मिति : मङ्लबार, बैशाख २६, २०७४
गोविन्द खड्का , दाङ । घोरही २६ बैशाख , हिड्दा फोहर पानी टाउको हुदै आङमा पर्नु, टेक्दा प्लाष्टिक लटपटिनु, नाक थुन्नु पर्ने गरी गन्ध आउनु, आखाले घिन मानेर अडिन नमान्नु, बैकरोड हुदै सब्जी मण्डि निश्कने गल्लीको हालत हो ।
वरीपरिका अग्ला घरबाट फोहर खसाल्ने गरेको स्थानियले बताए । उनिहरुका अनुसार फाल्दै गर्दा भेटाएर पनि केहि गर्न सकिएको छैन । दुई तिन तलाका घरको माथिबाटै पोका पारेर फाल्छन् । प्लाष्टिकका पोकामा अनेकौ किसीमका फोहर हुन्छन् । सडेर दुर्गन्धित पारेका छन् ।
साघुरो भएपनि आवजतावत गर्न सजिलो छ । साघुरो सडकमा नेपाल वैक सम्म आउनु भन्दा सुत्लुक्कै सब्जी मण्डि निश्कने छरितो बाटो छ ।
त्यस संगै सवारी साधन नचलने भएकाले सुरक्षित मानिन्छ । त्यहा कतिपय बेला दिसा समेत भेटिने गरेको बताईन्छ । अग्ला घरको फोहर फाल्ने स्थल बनेको छ ।
त्यसले समस्या ल्याएको छ सरसफाइको । सब्जी मण्डिका केहि सटर बाट पानी बगीरहेको देखिन्छ । पछिल्तिर बग्ने पानी संगै दिसा पिसाव सहितको फोहर आउने गरेको स्थानियले बताए ।
उनिहरुका अनुसार जति सफा गरेपनि थपिन रोकिन्न । घर भित्रको च्यातिएका कार्पेट, काम नलाग्ने प्लाष्टिकका बोराहरु, घर भित्रको फोहर कसेर एवं उब्रेका भात तरकारी गेट बाहिर बसाल्ने गरेका छन् । नजिकै चोकमा घण्टि बजाउदै सरसफाइ गाडि आउछ त्यहा लग्दैनन् ।
सब्जी मण्डिको पुर्वि र उत्तरी गल्ली सवै भन्दा फोहर रहेको स्थानिय बताउछन् । त्यस क्षेत्रमा ठुलै अभियान चलाउन जरुरी रहेको त्यस क्षेत्रमा सरसफाइमा सकृयता देखाउने डम्वर गिरीले बताउनुभयो ।
उहाले सबैले अलि राम्रो संग दवाव नदिएपछि त्यस क्षेत्र सफा हुदैन । घोराही १४ को अन्त सफा रहने जति प्रयास गरेपनि त्यहाका केहि बासिन्दाले बदनाम गराएका छन् । फोहर जति खाली जमिनमा फाल्छन् । केहि अग्ला घरका ठुला मान्छेका बानी खराब छन् ।
यसो त औषाधि व्यवसायी प्रकाश विष्ट पनि सम्झाउदा सम्झाउदा दिक्क लागेको बताउनु हुन्छ । नया शक्ति नेपाल बाट घोराहीको मेयर पदका आकांक्षि विष्टले आफ्नै घर आगन सुधार्न नसकेको जस्तो महशुस भएको बताउनुभयो । उहाले पटक पटक प्रयास गर्दा केहि व्यक्ति फोहर छोड्न नमानेको जानकारी गराउनुभयो ।
घर भित्रको लगेर समाजमा फाल्नेहरुले सताएका छन् । त्यसले घरको ईजजत मात्रै देखिन्न आफ्नो पनि वदनाम हुनछ भन्ने बुझ्दैनन् । गल्लीमा झर्ने फोहर पानीको पाईप आफ्नो भएको स्विकार्दै विष्टले चोरहरुले हल्लाएर विगारी समस्या ल्याएको बताउनुभयो । खाली जमिनमा केहि समय भित्र घर बन्न लागेकोले सुध्रिने आशा गर्नुभयो ।
छितरीएको, थुप्रा पारेको, डस्टिविनमा न हालीएको फोहर लग्न वाद्य नहुने घोराही उपमहानगर पालिकाले जानकारी दिएको छ । सरसफाइमा गएका कर्मचारी अर्जुन आचार्यले उठाउने भए लिन्छु नत्र लिन्न भन्ने गर्नुभएको छ ।
धेरैलाई गाडिमै हाल्न लगाउने गर्नुहुन्छ । घण्टि बजाउदा मात्रै बाहिर निकाल्ने बानी बसाल्न केहि समय भुईको फोहर नउठाउने आचार्यको भनाई छ । डस्टिविनमा ल्याएर खन्याईदिएको फोहर मात्रै उठाउने नियम कडाईका साथ लागु गर्ने जानकारी दिनुभयो । त्यसो नगरे सफा शहर नबन्ने कर्मचारी आचार्यको भनाई छ ।
भित्रि गल्ली र अग्ला घरकाले पनि गाडि आउने समय कुरेरै भएपनि फोहर दिनुपर्छ । दैनिक जसो सरसफाइ नेतृत्व गरेर बजार पुग्ने आचार्यले उप महानगर पालिकाले चलाएको पाक्षिक सरसफाइ अभियानको समेत व्यवास्ता गरेको बताउनुभयो । अघिल्लो महिना सफा गरीएको क्षेत्रमा अहिले पनि पुरानै चलन छ ।
तरकारीका फोहर बाटोमै थुपारेका हुन्छन् । प्याजका भुस, अन्य तरकारी सडेगलेका सबै कालोपत्रे सडकमा थुपार्न छोडेका छैनन् ।
चारैतिर बाट फोहर फाल्नेको क्षेत्रको रुपमा दुरुपयोग गरेको प्रति बिमल कार्कीले बताउनुभयो । नगर विकास समितिले गलत ढंगले घर बनाएको र संरक्षण गर्न नसकेको कार्किको भनाई छ । 
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij