बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

घरको ढोकामा यी चिज राख्दा आउँछ खुशियाली अनि धन पनि…

  • प्रकाशित मिति : बुधबार, बैशाख २७, २०७४



  • मेन गेटको ठीक अगाडि एउटा ठूलो ऐना ठड्याउनुस् ताकि घरमा छिर्ने मान्छेको पूरा प्रतिबिम्ब त्यसमा आओस् । यसो गर्दा नकारात्मक ऊर्जा भएको मान्छे घरमा छिरेछ भने पनि त्यसका ऊर्जा फर्केर जान्छन् । द्वारमा आशीर्वाद मुद्रा भएको हनुमानजीको मूर्ति वा तस्वीर लगाउँदा दक्षिणतिर फर्केको मूलद्वारको वास्तुदोष काटिन्छ । मूलद्वारमा पञ्चधातुको पिरामिड लगाउँदा पनि वास्तुदोष समाप्त हुन्छ ।

    मुख्य द्वारमा वास्तुदोष देखिएमा घन्टी वा विन्डचाइम झुण्ड्याउनुस् जसका कारण घरमा नकारात्मक ऊर्जा छिर्न पाउँदैन । घरमा तुलसीको बिरुवा रोप्नुस् र सन्ध्याकालमा दिनदिनै तुलसीका अगाडि दीप बाल्नुस् । सबैखाले वास्तु दोष सकिन्छन् । घरवरिपरि हरियो दूबो उम्रेको छ भने दिनदिनै गणेशजीको प्रतिमामा चढाउनुस् । वास्तु दोष भाग्छ ।

    सुख शान्तिका लागि घरको उत्तरी भागमा धातुबाट बनेको कछुवाको प्रतिमा राख्नुस् । घरमा नकारात्मक ऊर्जा आउन पाउँदैन ।मुख्य द्वारमा क्रिस्टल बल झुण्ड्याउनुस् र रातो रंगको फित्ता बाँध्नुस् । घरको मूलद्वार खोल्नेबित्तिकै भ-याङ छ भने भ-याङमा पर्दा लगाउनुस् । मुख्य प्रवेशद्वारबाहिर आफ्नो सामर्थ्य अनुसार रंगोली बनाउनु शुभ हुन्छ । यसले माता लक्ष्मीलाई आकृष्ट गर्छ र नकारात्मक ऊर्जालाई नजिकै ढिम्किन दिँदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij