आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूर्वी नाकाबाट पर्यटक आगमनमा वृद्धि

  • प्रकाशित मिति : बुधबार, बैशाख २७, २०७४



  • बनियानी (झापा) । सन् २०१६ को तुलनामा यसवर्ष पूर्वीनाका काँकरभिट्टा हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

    गतवर्ष जनवरीदेखि अप्रिलसम्ममा करिब दुई हजार पर्यटक यो नाकाबाट नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा तीन हजार ६०० पर्यटक भित्रिएको काँकरभिट्टास्थित पर्यटन कार्यालयले जनाएको छ ।

    गतवर्षको तुलनमा यस वर्ष पर्यटकको आगमनमा वृद्धि भएको छ भन्दै कार्यालय प्रमुख गणेशप्रसाद तिम्सिनाले विनाशकारी भूकम्प गएपछि क्रमशः पर्यटकको आगमन घटदै गएकामा त्यसमा क्रमिक सुधार हुँदै आएको जानकारी दिए ।

    सन् २०१६ मा काँकरभिट्टा नाका हुँदै ६ हजार दुई सय पाँचजना पर्यटक भित्रिएका थिए । जसमा सबैैभन्दा बढी दुई हजार चारसय बङ्गाली, ७३१ अमेरिकी र विभिन्न मुलुकका दुई हजार ८७४ पर्यटक थिए ।
    तुलनात्मक रुपमा हेर्ने हो भने गत वर्षभन्दा यसवर्ष यो नाकाबाट पर्यटक आगमनमा ५० प्रतिशत वृद्धि हुने देखिन्छ ।

    त्यस्तै, पर्यटन कार्यालयमा हालसम्म २० वटा होमस्टे दर्ता भएकामा इलाममा १०, झापामा एक, मोरङमा एक, सुनसरीमा तीन, धनकुटामा एक र सङ्खुवासभामा चारवटा होमस्टे रहेको कार्यालयको तथ्यङ्कमा उल्लेख छ ।

    यसैगरी ७४ वटा ट्राभल्स एजेन्सी र २३ वटा होटल दर्ता रहेको कार्यालयका अभयकुमार गुप्ताले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij