बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

चट्याङ पर्दा मजदुर घाइते

  • प्रकाशित मिति : बुधबार, बैशाख २७, २०७४



  • सप्तरी, २७ वैशाख । वर्षासँगै चट्याङ पर्दा सप्तरीको विषहरिया गाविस हाल छिन्नमस्ता गाउँपालिकास्थित इँटा उद्योगमा कार्यरत आधा दर्जनभन्दा बढी भारतीय मजदुर घाइते भएका छन् ।

    घाइते हुनेहरुमा भारत बङ्गाल राज्यको कुच विहार सहर निवासी ४० वर्षीय नुरजमाल र उनकी ३५ वर्षीया पत्नी अमिलाविवि, ३६ वर्षीय अहमद मियाँ र उनको ६ वर्षीय छोरा अरमान, ४५ वर्षीय तैयव, ११ वर्षीय आलमिन, ३० वर्षीय सौफियार र ४५ वर्षीया मेजिला छन् ।

    चट्याङ लागेर गम्भीर घाइते भएका नुरजमाललाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ भने बाँकी सबैको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भइरहेको छ । । घाइते सबै हिरो इँटा उद्योगमा कार्यरत मजदुर छन् ।

    यस्तै उदयपुरको सुनकोसी गाउँपालिका–५ स्थित जाँते डासिङटारमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही ठाउँ बस्ने पदमबहादुर विकको ११ वर्षीया छोरी तुलसा विक रहेकी छन् । घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij