बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

जेठ मसान्तसम्म दोस्रो किस्ता लिन आग्रह

  • प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०७४



  • काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुस मसान्तसम्म निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ता लिएका भूकम्पपीडितलाई जेठ मसान्तसम्म दोस्रो किस्ता लिने प्रक्रिया सुरु गर्न अनुरोध गरेको छ ।

    निजी आवास निर्माणका लागि आवश्यक रकम जिल्लामा पठाइसकिएकाले लाभग्राहीलाई जतिसक्दो छिटो दोस्रो किस्ता भुक्तानीका लागि आवेदन दिन प्राधिकरणले आग्रह गरेको हो ।

    पहिलो किस्ता बुझेर पनि दोस्रो किस्ता लिन आवेदन दिने लाभग्राहीको सङ्ख्या अपेक्षाकृत रुपमा बढ्न नसकेपछि प्राधिकरण कार्यकारी समितिको आजको बैठकले समय तोकेरै दोस्रो किस्ता लिने प्रक्रिया सुरु गर्न आग्रह गरेकोे प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

    ‘दोस्रो किस्ताको अनुदान वितरण गर्न रु १५ अर्ब विभिन्न जिल्लामा पठाइएको छ, भूकम्प अतिप्रभावित १४ जिल्लाका चार लाख ५२ हजार चार सय ९० घरधुरीले पुसमै पहिलो किस्ताको अनुदान लिइसकेका थिए, पहिलो किस्ता लिएको अनुपातमा लाभग्राहीले घर पुनःनिर्माण सुरु गरी दोस्रो किस्ता लिन पहल गरेका छैनन्’, उनले भने ।

    प्राधिकरणले पहिलो किस्ता लिएका घरपरिवारलाई मापदण्डानुसार जग राखी यथाशीघ्र दोस्रो किस्ता लिन यसअघि नै अनुरोध गरेको थियो ।
    मापदण्ड र प्रक्रिया पूरा गरी घर पुनःनिर्माण गर्ने लाभग्राहीलाई एकमुष्ट अनुदान दिने निर्णय पनि भइसकेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij