आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कलामार्फत ‘पुनःनिर्माण पुनःस्मरण’

  • प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०७४



  • भूकम्पबाट प्रभावितका लागि लक्ष्य गरी सिन्धुपाल्चोकमा अन्तर्राष्ट्रिय कला कार्यशाला शुभारम्भ भएको छ ।

    सिन्धुपाल्चोक २०७२ सालको भूकम्पमा प्रभावित जिल्लामध्ये सबैभन्दा प्रभावित मध्येको एक हो । देशभरि भूकम्पको प्रभावको आँकलन गर्दा सम्पूर्ण मानवीय क्षतिको ४० प्रतिशत सो जिल्लाले बेहोर्नु परेको थियो । जिल्लामा १३ प्रतिशत भवन पूर्णरुपमा क्षतिग्रस्त भए भने २१ प्रतिशत कृषिजन्य सामग्री र जलविद्युत् क्षेत्रमा ४० प्रतिशतभन्दा बढी क्षति भएको थियो ।

    ‘पुनःनिर्माण पुनःस्मरण’ नाम दिइएको कार्यशालामा भूकम्पबाट भावनात्मक रुपमा छताछुल्ल भएको सिन्धुपाल्चोकलाई कलात्मक रुपमा पुनर्निमाणमा अग्रसर गराउने प्रयास गरिएको छ ।

    त्यहाँ रहेका विभिन्न समुदायलाई कलाले पुनर्निमार्णमा भावनात्मक रुपमा सघाउ पुर्याउने र कलाकारलाई त्यहाँका मानिससंँग एकाकार भई मानवीय संवेदना र भूकम्पको अवस्थालाई आँकलन गर्न सघाउने विश्वास लिइएको नेपाल ललितकला पत्रकार मञ्चका अध्यक्ष केशवराज खनालले बताए ।

    बुधबारदेखि सुरु भएको कार्यशालामा नेपाललगायत फिनल्यान्ड, भारत, बङ्गलादेश र पाकिस्तानका कलाकार, लेखक र अन्वेषकको जमघट छ । विभिन्न देशबाट आआफ्नो अनुभव र कलाकारिता लिएर आएका २० व्यक्तिले एकै थलामा बसेर कलात्मक रुपमा सिन्धुपाल्चोकको ग्रामीण भेगमा बसेर भूकम्पको वेदनालाई कम गर्नेछन् ।

    कार्यशाला एक महिना लामो हुनेछ । यही वैशाख २७ गतेदेखि सुरु भई आगामी जेठ २९ गतेसम्म चल्ने कार्यशाला लसना र नेक्सस कल्चर नेपालको आयोजनामा तथा एकेडेमी अफ फाइन आर्ट हेलेन्सी युनिभर्सिटी र पोरापारा स्पेसको सहयोगमा चलेको हो ।

    कार्यशालामा सहभागीले सिन्धुपाल्चोकको ग्रामीण इलाकामा बसेर आआफ्नो सिर्जनालाई जीवन्तता दिनेछन् । त्यहाँ सहभागीले जाति, जनजाति र सीमान्तकृत समुदायको भावनालाई बुझ्ने प्रयास गर्नेछन् ।

    लसनाले यसभ अगाडि पनि सिन्धुपाल्चोकको सिपापोखरीका१० बालबालिकालाई साथमा लिएर कार्यशाला तथा कार्यशालाको आयोजना गरेको थियो । अहिले सहभागी विभिन्न देशका कलाकारले तिनै बालबालिकासँग साथसाथै रहेर सो समुदाय केन्द्रित कार्यशालामा आफ्नो कला प्रस्तुत गर्नेछन् र पछि काठमाडौँमा प्रदर्शन गरिने छ । कार्यक्रमको संयोजन अस्मिना रञ्जितले तथा सिन्धुपाल्चोकका नारायण रोक्का र फिनल्यान्डका जेपी काल्जियोनेनले सहकार्य गरिरहेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij