आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उम्मेदवारलाई निजी अंगरक्षक

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४



  • भरतपुर । केही दिन अघि भरतपुर महानगरपालीका मेयर उम्मेदवार रेणु दाहालको निर्वाचन प्रचारमा हिँडेको सवारीमा विप्लव माओवादी कार्यकर्ताले तोडफोड गरे । त्यसको लगत्तै कांग्रेसका खैरहनी नगरपालीका मेयर उम्मेदवार राजेन्द्र चौधरीको सवारीमा राति तोडफोड भयो । उम्मेदवारलाई सुरक्षा थ्रेट बढेपछि जिल्ला सुरक्षा समितिले निजि अंगरक्षक (पिएसो) उपलब्ध गराएको छ । सुरक्षाथ्रेट हेरी उनिहरुलाई सुरक्षा दिइएको हो । आजको कान्तिपुरमा खबर छ ।

    केही समय यता स्थानीय तह निर्वाचन बहिष्कार गर्दै आएको विप्लव माओवादीको हरकत बढे पछि उम्मेदवारलाई  सुरक्षा दिइएको हो । विप्लवका कार्यकर्ताले जिल्लाका उम्मेदवारलाई धम्क्याउने, चन्दा माग्ने, पेट्रोल बम प्रहार गर्ने जस्ता हरकत बढाए पछि उनिहरुको थ्रेट महसुस गरी सुरक्षा समितिको निर्णय अनुसार निजि अंगरक्षक उपलब्ध गराइएको जिल्ला प्रहरी प्रमुख एसपी दिपक थापाले बताए ।

    हामिले क्लोज रिंग (साँघुरो घेरमा) राखेर उम्मेदवारलाई सुरक्षा दिइरहेका छौं,’ उनले भने, ‘उम्मेदवारको निर्वाचन अभियान, सभास्थल, घरदैलो कार्यक्रम लगायत रातिको वासस्थानमा समेत सुरक्षा दिएका छौं ।’ थ्रेट पाएका उम्मेदवारलाई मात्र निजि अंगरक्षक उपलब्ध गराइएको छ । अन्य उम्मेदवारको सुरक्षामा पनि ध्यान दिइएको एसपी थापाले बताए । निर्वाचनका लागी मनोनयन दर्ता गरे देखी नै उम्मेदवारलाई सुरक्षा प्रदान गरिएको हो ।

    विप्लव माओवादीको थ्रेटलाई मध्यनजर गर्दै केही दिन अघि जिल्ला सुरक्षा समितिले अंगरक्षक उपलब्ध गराउने निर्णय गरी गृहमन्त्रालय पठाएको थियो । त्यहाँबाट स्विकृत भइ आए पछि मुख्यदल र अन्य उम्मेदवारको थ्रेट महसुस गरी सुरक्षाकर्मी (पिएसो) उपलब्ध गराइएको हो ।

    स्थानीय तह निर्वाचनका लागी जिल्लाका बिभिन्न दलका २ हजार २ सय १० उम्मेदवारले मनोनय दर्ता गराएका छन् । उनिहरु अहिले चुनावी मैदानमा छन् ।  सुरक्षाथ्रेट संगै जिल्लाका मुख्य बजार चोकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारीएको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले बिहिबार बिहान सम्म २३ जना विप्लव माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई तत्कालै सार्वजनिक ऐन अन्तरगत मुद्दा चलाइएको प्रहरीले जनायो । केहीलाई नक्कली हतियार र बिस्फोटक पदार्थसहित पक्राउ गरीएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij