बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

करेन्ट लागेर राईको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४



  • धनकुटा, २९ वैशाख – धनकुटा नगरपालिका–१० मूलघाटमा बिजुलीको करेन्ट लागेर स्थानीयवासी ज्ञानबहादुर राईको मृत्यु भएको छ ।

    बिहीबार बिहान ९ बजे नेपाल विद्युत् प्राधिकरणको टोलीसँग विद्युत् पोल फेर्न सहयोगीका रुपमा काम गर्न गएका साँगुरीगढी गाउँपालिका–१ का ५६ वर्षीय ज्ञानबहादुर राईको मृत्यु भएको हो ।

    जीर्ण भएको पोल फेर्ने क्रममा प्राविधिक ज्ञान नभएका राईलाई पोलको आड लगाउँदा जमिनमा गाडिएको तारमा विद्युत् प्रवाह भएर करेन्ट लागेको हुनसक्ने प्राविधिकहरुको भनाइ छ ।

    कोसी पहाडका लागि ३३ केभी प्रसारण लाइनबाट छुट्याइएको तारमा करेन्ट लागेका राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मृतक राईको धनकुटा अस्पतालमा शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij