प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४
लिस्बन, बैशाख २९ –पोर्चुगलको राजधानी लिस्बनमा २५६१ औं बुद्ध जयन्ती भब्य रुपमा मनाइएको छ । बुद्ध जयन्तीका अबसरमा ‘बुद्धम् शरणम् गच्छामी, धन्नम् शरणम् गच्छामी’ भन्दै निकालिएको शान्ति शोभा यात्राले राजधानी लिस्वनको मुख्य पर्यटकीय स्थलहरुको परिक्रमा गरेको थियो ।

पोर्चुगलमा सक्रिय रहेका बिभिन्न संघसस्थाका प्रतिनिधिहरुका साथै नेपाली तथा विदेशी समुदायहरुको बाक्लो उपस्थिती रहेको उक्त यात्रामा पोर्चुगलस्थित नेपाली तथा पोर्चुगाली बौद्ध लामा गुरुहरुद्वारा विशेष शान्ति पूजा सहित बुद्धको मुर्ती र बिभिन्न प्लेकार्ड, ब्यानर र झन्डाहरु बोकी शान्ति शोभा यात्रामा सहभागी भएका थिए ।
नेपाली बाणिज्यदुतको कार्यालय लिस्वनको आयोजनामा भएको कार्यक्रममा पर्यटन दुत रमेश कुमार गुरुङ, गैह्रआवासिय नेपाली संघ पोर्चुगल, आदिवासी जनजाती महासंघ पोर्चुगल, नेपाली नारी समाज पोर्चुगल, अनेसास पोर्चुगल, तमु समाज पोर्चुगल, शेर्पा संघ पोर्चुगल, तामाङ समाज पोर्चुगल, मोना पोर्चुगल, मगर समाज पोर्चुगल, नेवा पुचपोर्चुगल लगायतका संघसस्थाका प्रतीनिधिहरु सहभागि भएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij