बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

भूकम्पले क्षति पुगेको खानेपनीको मुहान पुनर्निर्माण

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४



  • कपिलवस्तु ,वैशाख २९–२०७२ साल वैशाख १२ गते आएको भुकम्पले क्षति पु-याएको कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालीका वडा नं. ९ पडरियाको खानेपानीको मुहान २ वर्ष पछि पुर्ननिर्माण भई घरका धारामा पुनह पानी आउन थालेपछि स्थानीय हर्षित भएका छन ।

    भुकम्पका कारण खानेपानीको मुहान संगै ७०० मिटर पाईप पुरीएपछि यस क्षेत्रका २८० घरपरिवार विगत २ वर्षदेखि स्वच्छ खानेपानी पिउनबाट बन्चीत भएका थिए ।
    जिल्ला भुसंरक्षण कार्यालय रुपन्देहि तथा स्थानिय सरेपानी समुदायिक वनको करिब २ लाख ५० हजारको आर्थिक सहयोगमा प्हिलाको मुहानदेखी २ किलोमिटर टाढा डोहोटे चिदी खोलामा नया इन्टेक बाँध बाध्नुका साथै करिब ७०० मिटर पाईप मर्मत गरी सवैको घरघरमा पानी ल्याउन सफल भएको भलवाड खानेपानी उपभोत्ता समितिका अध्यक्ष विन्द्र वहादुर गुरुङले जानकारी दिए ।

    स्थानीय सरेपानी सामुदायिक वनका अध्यक्ष गिर वहादुर गुरुङले खुसी हुदै भने —“बस्तिदेखी ७ किलोमिटर टाढाँ अर्घाखाँचीको बसेरी भन्ने ठाँउदेखी ल्याइएको खानेपानी भुकम्पका कारण मुहानमा क्षतिपुगेपछि अब स्वच्छ खानेपानी पिउन नपाईने चिन्ता थियो तर यतिवेला सवैको घरघरमा पानी आउन थालको छ हामी खुसी छौ ”

    एडिबि र जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय कपिलवस्तुको सहयोगमा २०६६ सालमा ५१ लाखको लागतमा निर्माण भएको भलवाड खानेपानी आयोजनाको खानेपानीको मुहानमा बनाइएको इन्टेक बाँध तथा ७०० मिटर पाईप भुकम्पका कारण पुर्णरुपमा भत्कीएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij