आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माणको प्रक्रिया शुरु, दुई बर्षभित्र पुनर्निर्माण सक्ने समझदारी

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४



  • काठमाडौंमा रहेको काष्ठमण्डप मन्दिर पुनर्निर्माण गर्न चारपक्षीय समझदारी भएको छ । सिहदरवारस्थित प्राधिकरणको कार्यालयमा शुक्रबार काष्ठमण्डपको पुनर्निर्माणबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानबीच समझदारी भएको हो ।
    समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव यमलाल भुषाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत इश्वरराज पौडेल र काष्ठमण्डप पुनर्निर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सो अवसरमा उद्योगमन्त्री तथा काष्ठमण्डप रहेको निर्वाचन क्षेत्रका सांसद नवीन्द्रराज जोशीले काष्ठमण्डपका लागि टिम्बर कर्पोरेसनबाट सबैभन्दा राम्रो काठ आपूर्ति गर्न मन्त्रीपरिषद्मै निर्णय भइसकेको जानकारी दिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले सार्वजनिक तथा निजी साझेदारी अवधारणा अन्र्तगत पुनर्निर्माण हुन लागेकाले भविष्यमा अन्य ठाँउमा पनि यस्तै गर्न सके पुनर्निर्माणले तिव्रता पाउने बताए । उनले काष्ठमण्डप नेपालकै मौलिकता र इतिहास झल्काउने र समुदायको संस्कृतिसँग जोडिएकाले सबैको मन जितेर, पारदर्शी ढंगले यसको निर्माण कार्यलाई नै नमूना बनाउन अभियानलाई आग्रह गरे । काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानले काष्ठमण्डप पुनर्निर्माणको मूल जिम्मेवारी लिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij