बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

उत्साह छैन तेस्रोलिंगीमा

  • प्रकाशित मिति : शनिबार, बैशाख ३०, २०७४



  • काठमाडौं । झन्डै दुई दसकपछि हुन लागेको स्थानीय निकाय निर्वाचनले धेरैलाई जागरुक बनाइरहेका बेला यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा भने उत्साह मरेको छ।

    नयाँ शक्तिबाहेक कुनै पनि राजनीतिक दलले चुनावी घोषणपत्रमा उनीहरूका मुद्दा नउठाएको र मतदानमा सहभागिताका लागि उपयुक्त वातावरण नपाएको भन्दै उक्त समुदायले चिन्ता प्रकट गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।

    लामो समयसम्म निर्वाचन अनिश्चित बन्नु र पर्याप्त तयारीबिनै निर्वाचन प्रक्रिया अघि बढाइएकाले आफूहरूना हकअधिकार उपयोग गर्न नसकिनेमा उनीहरू चिन्तित बनेका हुन्। २० वर्षपछि स्थानीय निकायको निर्वाचन हुन लागे पनि प्रचारप्रसार र जनचेतनाको अभावमा आफ्नो समुदायका धेरै सदस्य मताधिकारबाट वञ्चित हुनुपरेको र त्यसले सकारात्मक सन्देश नदिने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संस्था ‘ब्लु डाइमन्ड सोसाइटी’की अध्यक्ष एवं तेस्रोलिंगी पिंकी गुरुङले बताउनुभयो।

    ‘निर्वाचनमा भाग लिएका उम्मेदवार हाम्रो मुद्दामा कति संवेदनशील छन् र निर्वाचनमा खटिएका पर्यवेक्षक कति सचेत भन्ने थाहा पनि पाउन सकिएन’, उहाँले भन्नुभयो, ‘निर्वाचन जित्नेहरू गम्भीर होलान् भन्ने आशा न्यून छ। त्यसैले हामी जति उत्साहित हुनुपर्ने थियो, त्यति हुन सकेनौं।’

    पहिचानअनुसार वा इच्छाइएको नामबाट मतदान गर्ने र उम्मेदवारी दिने अधिकार उपयोग गर्न नपाएको सोसाइटीका सदस्य समलिंगी दीपेश भण्डारीले गुनासो गर्नुभयो। त्यसले गर्दा निर्वाचनका लागि उम्मेदवारी दिँदा अनेकौं समस्या झेल्नुपरेको र त्यो सबैले गर्न नसक्ने उहाँको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij