प्रकाशित मिति : आइतवार, बैशाख ३१, २०७४
कपिलवस्तु । कपिलवस्तुको उदयपुर वाडिगाऊंका दुई किशोरि बेपत्ता भएका छन् ।शनिबार बिहान कपिलवस्तुको बुङ्ची स्थित सिद्धार्थ क्याम्पसको चौरमा नियमित रुपमा करांते सिक्न जाने क्रममा बिहान ६.३० बजे घर बाट हिंडेका ती दुई किशोरि हाल सम्म फेला नपरेका हुन् ।
जिल्लाको उदयपुर स्थित जनसेवा निमाविमा कक्षा आठमा अध्ययनरत बाह्र बर्षिया पुष्पा भाट क्षेत्री र तेह्र बर्षिया दिपा राना बेपत्ता भएका हुन् ।
किशोरिका सवै आफन्तकोमा खोज खबर गर्दा कहिं कतै पत्ता नलागेकोले आफ्ना छोरीहरुको खोजीका लागि सहयोगा गरिदिन पुष्पा का बुवा हरि बहादुर भाट क्षेत्रीले सवै संग आग्रह गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij