बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

ट्र्याक्टरले किचेर सुतिरहेका वृद्धको मृत्यु

  • प्रकाशित मिति : आइतवार, बैशाख ३१, २०७४



  • चितवन ।  चितवनको भरतपुरमा ट्र्याक्टरले किचेर एकजना वृद्धको मृत्यु भएको छ ।

    शनिबार साँझ ८ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ९ स्थित तीनतले चोकमा ना ४ त ७०४६ नंको ट्र्याक्टरले किचेर ७१ वर्षका स्थानीय लक्ष्मण गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

    रातिको समयमा घर अगाडि सुतिरहेका बेला ट्र्याक्टर ब्याक गर्ने क्रममा उनलाई किचेको प्रहरीले जनाएको छ ।

    ट्र्याक्टरले किचेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ट्र्याक्टर चालक भने सम्पर्कमा नरहेको र खोजी भइरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

    यता पूर्वी चितवनको खैरहनीमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीनजना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij