प्रकाशित मिति : आइतवार, बैशाख ३१, २०७४
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि रोक लगाइएको सवारी साधन बेलुका ७ बजेपछि मात्रै सञ्चालन गर्न पाइने भएको छ । मतदानको समय ५ बजे नै सकिए पनि बेलुका ७ बजेपछि मात्रै सवारी सञ्चालन गर्न दिइने भएको हो ।
आइतबार मतदान हुने तीन वटै प्रदेशमा विहान ५ बजेदेखि सवारी सञ्चालन गर्न रोक लगाएको थियो । सवारी सञ्चालनमा रोक लगाएपछि काठमाडौंसहितका आइतबार मतदान भएका क्षेत्रमा सडक सुनसान हुनुका साथै बजार समेत बन्द भएका थिए ।
दिनभरी बन्द रहेका काठमाडौंका पसलहरु बेलुकादेखि खुल्न थालेका छन् । मतदान सकिएपछि सडकमा चहलपहल बढेको छ ।
आयोगले सात बजेदेखि यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij