बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

कालिकोट घटना : यसरी भयो आक्रमण

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २, २०७४



  • सुर्खेत । बेलुकाको चार बज्दै थियो मतदाता परिचयपत्र लिएका सर्वसाधारण भोट हाल्न ब्यस्त थिए । माओवादी केन्द्रका कार्यकर्ताले निर्वाचन वहिष्कार गरेको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको पनि मतदाता परिचयपत्र लिएर ‘फर्जी’ मत हाल्न सुरु गरे ।

    मतदान स्थलमै रहेका विप्लवका कार्यकर्ताले त्यसको विरोध गरे । प्रहरीले विप्लवका कार्यकर्तालाई मतदान स्थलबाट लाठीचार्ज गरेर भगायो । साँझ पाँच बजे मतदान सकिएपछि निर्वाचन अधिकृत दुर्गा भट्टले उम्मेदवारको रोहबरमा मतपेटिका सिल गरे प्रहरीले मतपेटिका उठाउनै लाग्दा चारैतिरबाट नेकपा कार्यकर्ताले ढुंगा प्राहार गर्न थाले, यो खबर आजको नागरिक दैनिकमा छ ।

    नेकपाका दुईतीन सय कार्यकर्ताले विद्यालय भवन घेरा हाले । चारैतिरबाट आक्रमण सुरु भएपछि प्रहरीले झ्यालबाट गोली प्रहार गर्यो । प्रहरीको पहिलो गोली नरहरिनाथ गाउँपालिका ६ का राप्रपा उम्मेदवार धनरुप बटालको कोखमा लाग्यो । उनी ढले ।
    दुई गोली लागेका धनरुपको राति १२ बजे मृत्यु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij