बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

शिक्षकको घरमा नियमित १२ वर्षसम्म दुध दिने गाई

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २, २०७४



  • पथरी मोरङ । एकपटक बच्चा जन्माएको गाईले कति वर्षसम्म दूध दिन्छ ? तपाँईलाई कसैले यस्तो प्रश्न गरे सायद सबैको जवाफ एउटै आउँछ, एकदेखि डेढ वर्षसम्म दूध दिन्छ ।

    तर, मोरङको सुन्दरहरैचा नगरपालिका–५ चाँदनीचोक घर भएका शिक्षक टङ्कमणि लामिछानेले पाल्नुभएको गाईले नियमित १२ वर्षदेखि दूध दिँदै आएको छ ।

    मोरङको सुन्दरहरैचा नगरपालिका–५ का लामिछानेले पाल्नुभएको जर्सीगाईले विगत १२ वर्षदेखि नियमित दूध दिँदै आएको छ । उहाँले २०६९ सालमा झापाबाट जर्सी गाई रु १५ हजारमा खरिद गरेर ल्याउनुभएको थियो । ल्याएको तीन वर्षमा बच्चा जन्माएको गाईले २०६२ सालदेखि नियमितरुपमा दूध दिँदै आएको लामिछानेले बताए ।

    सो जर्सी गाईले जन्माएको बाच्छाको मृत्यु हुने गरेको छ । तरपनि दूध दैनिक रुपमा दिने गरेको छ । “गाईले बहर जन्मायो, तर अहिलेसम्म एउटा पनि जीवित रहेनन्” । लामिछानेले भन्नुभयो, “बच्चा नहँुदा पनि गाईले नियमित दूध दिन्छ ।” बाच्छो जन्माएको एकवर्ष दैनिकरुपमा १२ लिटरसम्म दूध दिने उक्त गाईले त्यसपछि छदेखि सात लिटर दिने गरेको छ ।

    अर्को बच्चा जन्माउनका लागि गर्भ हुँदा पनि गाईले नियमित दूध दिने गरेको छ । गर्भ रहेको बेला गाईको दूध केही अमिलो र अरु बेलाको भन्दा बाक्लो हुने गरेको लामिछानेको भनाइ छ । यसरी नियमित दूध दिने गाईको स्याहार पनि लामिछाने परिवारले राम्रोसंग गर्ने गरेका छन् ।

    गाईले दिएको दूध आवश्यक पर्ने जति घरमा राख्ने र बाँकी रहेको दूध स्थानीय चियापसलमा बिक्री गर्दै आएको गाईपालक लामिछानेको भनाइ छ । लामिछाने पथरी शनिश्चरे नगरपालिका–५ को बुद्ध उच्च माविका शिक्षक हुनुहुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij