बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

महाकालीमा बेपत्तामध्ये दुई जनाको शव चार दिनपछि भेटियो

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ३, २०७४



  • भीमदत्तनगर । चार दिनअघि महाकाली नदीमा बेपत्ता भएका किशोरमध्ये भीमदत्तनगरपालिका–१४ बनकट्टीका १६ वर्षीय कपिल खाती र १६ वर्षकै दीपेश कँुवरको शव मङ्गलबार भेटिएको छ ।

    इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रमुख प्रहरी निरीक्षक विरादत्त पन्तका अनुसार खाती र कुँवरको शव महाकाली नदीमै भेटिएको हो ।

    “प्रहरीले खोजी गर्दै जाँदा खातीको ढक्नाघाट क्षेत्र र कुँवरको बेपत्तास्थल नजिकै शव भेटिएको हो ।” प्रहरी निरीक्षक पन्तले भने – “शव पहिचान भएपछि आफन्तलाई खबर गरेका छौँ ।” उनले कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाइने बताए ।

    शनिबार दिउँसो महाकाली नदी तर्नेक्रममा नदीमा पानीको बहाव बढेपछि कपिल र दीपेशसँगै वनकट्टीका १५ वर्षीय राहुल उपाध्याय पनि बेपत्ता भएका छन् ।

    तर राहुलको अवस्था अझै अज्ञात छ । प्रहरीले खोजीकार्य तीव्र बनाएको छ । तीनैजना महाकाली नदीको दोधारा चादँनी झोलुङ्गेपुलको करिब ५०० मिटर दक्षिणबाट बेपत्ता भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij