आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एक क्षेत्र एक मार्गको अवधारणाले पूर्वाधार विकास : सञ्चारमन्त्री कार्की

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ४, २०७४



  • काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की चीनको राजधानी बेइजिङमा आयोजित ‘एक क्षेत्र एक मार्ग’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ओबिओआरमा भाग लिई आज राति स्वदेश फर्किएका हुन् ।

    स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उन्ले पत्रकारसँग संक्षीप्त कुराकानी गर्दै ‘एक क्षेत्र एक मार्ग’को अवधारणाले पूर्वाधार विकास, रेल मार्ग निर्माण र चीन–नेपाल सीमा नाकाको सञ्चालन तथा व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    गत वैशाख ३१ र जेठ १ गते ९मे १४–१५० मा बेइजिङमा भएको सम्मेलनमा भाग लिन उहाँ शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए । सम्मेलनमा विश्वका २९ देशका राष्ट्रप्रमुख, १०० जना मन्त्री र त्यतिकै सङ्ख्यामा विभिन्न सङ्घ र संस्थाका प्रतिनिधिसहित एक हजार २०० प्रतिनिधिहरूको सहभागिता थियो ।
    नेपालका तर्फबाट उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा सञ्चार मन्त्री कार्की र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसहित आठ सदस्यीय प्रतिनिधिमण्डलले उक्त सम्मेलनमा सहभागिता जनाएको थियोे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij