प्रकाशित मिति : शुक्रबार, जेष्ठ ५, २०७४
काठमाडौं । सरकारले सेनाका दुई रथीको पदावधि थप्ने निर्णय गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बलाधिकृत रथी बलदेवराज महत र बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको पदावधि थप्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै नेपाली सेनामा भावी प्रधानसेनापतिको दौड लगभग सकिएको विश्लेषण गरिएको छ ।
बैठकले बलाधिकृत रथी महतको तीनमहिने पदावधि थप गर्ने निर्णय गरेको थियो । पदावधि थपसँगै रथी महत आगामी १४ कार्तिकसम्म सो पदमै बाहाल हुनेछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij