प्रकाशित मिति : सोमवार, जेष्ठ ८, २०७४
आज विहान विरगन्जको महावीरआस्थानमा स्कुलको विद्यार्थी लिन गएको बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ ।
विरगन्जमा रहेको देल्ही पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययनरत दीया अग्रवालको मृत्यु भएको रातोपाटी संवाददाताले बताएका छन् ।
बिहान ८ ३० बजेतिरको समयमा ना २ ख ८९३ नम्बरको बसले कुल्चेर बालिकाको ज्यान गएको हो । 
घटनापछि स्थानीय निकै आक्रोशित भएका छन्, स्थिति तनावपूर्ण छ । प्रहरीले बस र चालकलाई नियान्त्रणमा लिएको छ ।
रातोपाटी संवाददाताका अनुसार:
-बालिका स्कुल जाने तयारीमा थिइन् ।
-स्कुलको बस आइपुग्यो ।
-बालिका लाई बसले ठक्कर दियो, उनी सडकमा लड्न पुगिन ।
-बसले बालिकालाई कुल्चियो ।
-गाडि ब्याक गरेर बालिकालाई कुल्चिएको प्रतक्ष्यदर्शीले जनाएका छन् ।
कक्षा ९ मा अध्ययनरत १३ बर्षीया छात्रा स्थानीय व्यापारी राम अग्रवालकी छोरी हुन् ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij