प्रकाशित मिति : मङ्लबार, जेष्ठ ९, २०७४
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर १४, छेडामा मंगलबार भएको दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन् । घाईतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
कालिकोटबाट निर्वाचन सम्पन्न गरेर सुर्खेत आउँदै गरेको मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गणको ना १ ग– ४७६ नम्वर मिनि ट्रक वीरेन्द्रनगर–१४, छेडाको मोडमा दुर्घटना हुँदा प्रहरी जवान ताराबहादुर चन्दको घटना स्थलमै मृत्यु भएको हो ।
घाईतेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, स्थानीय माया र देउती नर्सिङ होममा उपचार भईरहेको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार आचार्यले जानकारी दिए । उनका अनुसार ट्रकमा २५ जना प्रहरी जवान सवार थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij