आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भूकम्पपीडितको सम्झौता नहुँदा रकम निकासामा ढिलाइ

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ११, २०७४



  • तनहुँ  । जिल्ला समन्वय समितिले जिल्लाभित्रका भूकम्प पीडितको लगत दुई महिनाअघि सिफारिस गरी सम्बन्धित गाउँपालिका र नगरपालिकामा पठाएकोमा ती निकायले सम्झौता गरी नपठाएकाले रकम निकासामा ढिलाइ भएको छ ।

    भूकम्प पीडितको लगत यही वैशाख १५ भित्र पठाउन गत चैत ८मा सम्बन्धित निकायमा सिफारिस गरी पठाएकामा सम्बद्ध गाउँपालिका र नगरपालिकाले सम्झौता गरी पठाउनुपर्नेमा हालसम्म नआएको जिल्ला समन्वय समितिका अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए ।

    जिल्लामा भूकम्पबाट पीडित १३ हजार ८२९ मध्ये राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्राथमिकतामा परेका सात हजार ५३४ जनालाई जिल्ला समन्वय समितिले सम्बन्धित गाउँपालिका र नगरपालिकामा सम्झौताको लागि पठाएको थियो । बाँकी छ हजार २९५ जनाको विवरण भने अझै केन्द्रबाट आएको छैन ।

    यदि समयमै सम्झौता गरेर आएको भए भूकम्पपीडितले निजी आवास सम्झौताअनुरुप रु ५० हजार पाउने थिए । गाविस सचिवले स्थानीय तहको निर्वाचनपछि आउने जनप्रतिनिधिले सम्झौता गरिदिन्छ भन्ने र जनप्रतिनिधिले भर्खरै पदभार सम्हालेका कारण पनि त्यसको चपेटामा भूकम्पपीडित पर्न गएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij