प्रकाशित मिति : बिहिबार, जेष्ठ ११, २०७४
निलम ओली , बाँके । बाँकेमा सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन । बर्दियाबाट ने.गं. तर्फ जादै गरेको भे६प २८८१ नं. को मोटरसाईकल र सोहि दिसा तर्फ जादै गरेको भे६प २८४२ नं. मोटरसाईकल एक आपसमा ठोकिदा घाइते भएका हुन् ।
भे६प २८८१ नं. मोटरसाईकल चालक वर्दिया गु.न.पा.१२ वस्ने ४२ बर्षिय दिनेश चौधरीको दाँया खुट्टामा चोट , पछाडि सवार ऐ.वस्ने ४० बर्षिया जानकी थारुको हातमा सामान्य चोट र भे६प २८४२ नं. मो.सा.चालक ऐ.गु.न.पा.५ वस्ने २७ बर्षिय अमन यादवको छातिमा चोट लागेको छ । सवैलाई उपचारको लागी ने.गं.तर्फ पठाएको र मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij