बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सुनसरीमा बेहुला हेलिकप्टर लिएर बेहुली लिन पुगे !

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ११, २०७४



  • हाम्रै नेपालमा बेहुला हेलिकप्टर लिएर बेहुली लिन बेहुलीको घर पुगे भन्दा अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । इटहरीमा रहेर भिआइपी सेक्युरिटी गार्ड सर्भिस सञ्चालन गर्दै आएका लहेरु चौधरीले आफ्ना एक मात्र छोराको विवाह हेलिकप्टर चार्टर गरेका छन् ।

    आइतबार सम्पन्न विवाहमा सुन्दर–हरैंचाको गोकुलम रिसोर्टछेउ चरिगुवाबाट उनका कान्छा छोरा अमृत चौधरी बेहुली लिन हेलिकप्टर लिएर सुनसरीको तनमुना–६ पुगेका थिए ।

    चौधरी समुदायमा पहिलोपटक हेलिकप्टरमा बेहुला–बेहुली लिन पुग्दा हेलिकप्टर र बेहुला हेर्नेको बाक्लै भीड लागेको थियो ।

    व्यवस्थापनमा स्नातक सकेका अमृतले सोही विषयमा डिग्री सकेकी लता चौधरीसँग हेलिकप्टर चार्टर गरेर चौधरी परम्पराअनुसारै विवाह गरेका हुन् ।
    हेलिकप्टर चार्टर गरिए पनि बेहुला र बेहुली चौधरीहरूको परम्पराअनुसारकै बेहुला–बेहुलीको पोसाकमा भएको बेहुलाका बुबा लहेरुले बताए ।

    उनले सन्तानको अन्तिम बिहेमा पैसाको मुख नहेरी हेलिकप्टर प्रयोग गरेर रहर पूरा गरेको खुसी व्यक्त गरे । हेलिकप्टर चार्टरको व्यवस्था लहेरुका नजिकका साथी युवा व्यवसायी दयराम खवासले मिलाएको पनि उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij