प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२, २०७४
पथरी मोरङ । मोरङको टाँडी–८ हाल मिकलाजुङ गाउँपालिका–३, धोबिनी बस्ने ६० वर्षीया चन्द्रमाया राईको लडेर मृत्यु भएको छ ।
बिहीबार साँझ सोही ठाउँको धोबिनी बजारबाट घरतर्फ जाने क्रममा खेतको आलीबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय, उर्लाबारीबाट प्रहरीको टोली गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij