प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२, २०७४
पाल्पा । पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका–२ की १३ वर्षीया पेवासरा रुचालको ढुङ्गाले च्याप्दा बिहीबार मृत्यु भएको छ ।
साठ्ठीघरेमा घाँस काट्न हिँडेकी रुचाललाई माथिबाट खसेको ढुङ्गाले च्याप्दा मृत्यु हुन पुगेको हो ।
घटनास्थलबाट उपचारका लागि ल्याउँदै गर्दा जल्पामा उनको मृत्यु भएको स्थानीय बासिन्दा डोरबहादुर विकले
बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij