बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सिँगापुरकी पर्यटक खुम्जुङ यात्रामा लेक लागेर मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२, २०७४



  • सल्लेरी (सोलुखुम्बु) । खुम्जुङको लबुजेमा सिङ्गापुरकी एमी ओङ कुम्लिङको आज लेक लागेर मृत्यु भएको छ ।

    सिङ्गापुरकी ४६ वर्षीया कुम्लिङको आज बिहान होटलमा बसेकै ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनी म्याराथुनमा सहभागी हुन लबुजे पुगेको थियो । मे २९ तारिख अर्थात् सगरमाथा दिवसका अवसरमा आयोजना हुने म्याराथुन प्रतियोगितामा सहभागी हुनका लागि उनी बिहीबार पुगेको थियो । शव परीक्षणका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    लडेर मृत्यु

    सोलुदूधकुण्ड नगरपालिका–३ सालबेँसी निवासी ८३ वर्षीया रिन्जी फुर्वा शेर्पाको वृद्ध भत्ता लिन सदरमुकाम सल्लेरी आउने क्रममा आज बिहान बेनीस्थित माछापोखरी नजिकैको खोल्सामा लडेर मृत्यु छ । शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ ।

    चट्याङबाट चार घाइते

    आज बिहान पानीसँगै चट्याङ लागेर दूधकौसीका गाउँपालिका–७ देउसामा चार जना घाइते भएका छन् । बिहान करिब ९ बजे चट्याङ लागेर देउसाका ४५ वर्षीया लक्ष्मी खड्का गम्भीर घाइते हुनुभएको प्रत्यक्षदर्शी हर्कबहादुर खत्रीले जानकारी दिनुभयो । सुम्बु खोला लघुजलविद्युत् प्रणालीको मुख्य लाइनमा चट्याङ पर्दा करिब ३५ वर्षीया सम्झना खत्री, दुई वर्षीया गोमा खत्री र ३१ वर्षीया मिठुमाया बस्नेतसमेत घाइते भएका छन् ।

    सोही चट्याङका कारण रमेशकुमार बस्नेत, सोमबहादुर बस्नेत र कमलबहादुर बस्नेतको घरमा राखिएको मिटर बक्स र तारसमेत जलेर नष्ट भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij