बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

अव पशुलाई पनि ८ घन्टाभन्दा बढी काममा लगाउन नपाइने !

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १४, २०७४



  • काठमाडौं । पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो । यो खजर आजको नयाँ पत्रिकामा छ । त्यति मात्र होइन, वृद्धावस्थामा पुगेको पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको छ । मानिसलाई दैनिक अधिकतम ८ घन्टासम्म काममा लगाउन पाइने व्यवस्था विश्वका अधिकांश मुलुकका श्रम ऐनले गरेको छ । पशुपक्षीलाई काममा लगाउँदासमेत समयसीमाको व्यवस्था नेपालमा पहिलोपटक ल्याइएको हो ।

    पुच्छर बटार्न नपाइने
    पशुले काम गरिरहेका वेला मानिसले अक्सर पुच्छर बटार्ने, चोटपटक लाग्ने गरी कुटपिट गर्ने गरेको देख्न पाइन्छ । तर, निर्देशिकाले पुच्छर बटार्ने, भाँच्ने, अंगभंग गराउन नपाइने व्यवस्था गरेको छ । कोर्रा, चक्कु, बन्चरो, पासो, विद्युतीय करेन्ट, खुर्सानीको धुलोलगायतको प्रयोग गरी पीडा दिन नपाइने व्यवस्था पनि निर्देशिकामा छ । यस्तो व्यवस्थाविपरीत क्रियाकलाप गरेर पशुप्रति निर्दयी व्यवहार भएको ठहरिने निर्देशिकामा उल्लेख छ । त्यस्तै पशुलाई घाउचोट वा पीडा हुने गरी फाल्सन लगाउने, नाक, पुच्छर, खुट्टा बाँध्ने वा झुन्ड्याउन पनि रोक लगाइएको छ ।

    खसी पार्न पाइने
    दर्तावाला पशु चिकित्सक वा अधिकारप्राप्त व्यक्तिले कानुनले तोकेबमोजिम वा स्वीकृत कार्यविधिअनुसार सिङ काट्न, खसी पार्न, खुर काट्न, स्वास्थ्य परीक्षण, शल्यचिकित्सा वा स्वास्थ्योपचार गर्न पाउने व्यवस्था गरिएको छ ।

    पशुलाई के गर्ने, के नगर्ने
    – प्रचण्ड गर्मी, चर्को घाम, अविरल वर्षा, आँधीबेहरी, असिना, हिमपात र बज्रपातजस्ता प्रतिकूल मौसममा काम नलगाउने
    – दैनिक ८ घन्टाभन्दा बढी समय काममा नलगाउने
    – हप्तामा एक दिन आराम दिने
    -भाले र पोथी पशुलाई एकैसाथ नराख्ने
    – धेरै जाडो र धेरै गर्मी आश्रयस्थलमा नराख्ने
    – लामो समय भारी बोकाउनुपर्ने पशुलाई प्रत्येक ३ घन्टामा आहारा दिने
    – शारीरिक तौलको ४० प्रतिशतभन्दा बढी भार बोकाउन नपाइने
    – बूढो र गर्भवती पशुलाई कार्यबोझ कम गर्ने
    – भारी बोकेर लरखराउने पशुलाई तुरुन्त काम गराउन रोक्ने र पुनः काम लगाउँदा साविकको भार घटाउने
    – पशुलाई बाँध्ने दाम्लो, डोरीलगायत घाउ नलाग्ने र पीडा नहुने गरी तयार गर्नेे
    – वृद्धा अवस्थामा पुगेकालाई कामबाट निवृत्त गरी नियमित हेरचाह गर्ने ।

    पशुलाई के गर्ने, के नगर्ने ?
    गर्नुपर्ने
    – बूढो र गर्भवती पशुलाई कार्यबोझ कम गर्ने
    – भारी बोकेर लरखराउने पशुलाई तुरुन्त काम गराउन रोक्ने र पुनः काम लगाउँदा साबिकको भार घटाउने
    – बाँध्ने दाम्लो र डोरी घाउ नलाग्ने र पीडा नहुने गरी तयार गर्नेे
    – वृद्धा अवस्थामा पुगेकालाई कामबाट निवृत्त गरी नियमित हेरचाह गर्ने ।

    गर्न नहुने
    – चर्को गर्मी र घाम, अविरल वर्षा, आँधीबेहरी, असिना, हिमपातजस्ता प्रतिकूल मौसममा काममा नलगाउने
    – दैनिक ८ घन्टाभन्दा बढी समय काममा नलगाउने
    – हप्तामा एक दिन आराम दिने
    – भाले र पोथी पशुलाई एकैसाथ नराख्ने
    – धेरै जाडो र गर्मी हुने स्थानमा नराख्ने
    – लामो समय भारी बोकाउनुपर्ने पशुलाई प्रत्येक ३ घन्टामा आहारा दिने
    – शारीरिक तौलको ४० प्रतिशतभन्दा बढी भार बोकाउन नपाइने

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij