प्रकाशित मिति : आइतवार, जेष्ठ १४, २०७४
बाँके । बाँकेमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्री घाईते भएका छन । बाँके बैजनाथ गा.पा. वडा नं ५ बनकट्टी स्थित सुर्खेतबाट ईट्टा लोड गर्न आएको ना.४.ख. ५८३९ नम्बरको ट्रकले पैदल यात्री ऐ.ऐ. बस्ने २४ बर्षिय कमल वलीलाई ठक्कर दिएको हो ।
घाईतेको उपचार मेडीकल कलेज कोहलपुरमा भैरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनसुन्धान भाईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जलजलासँग बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij