प्रकाशित मिति : आइतवार, जेष्ठ १४, २०७४
सतिश सिंह , रौतहट । रौतहटमा स्थानीय निर्वाचन बिथोल्न खोज्ने ३ जना बिप्लब समुहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चन्द्र्पुर ३ बस्ने ३८ बर्षिय भुपाल लामा , सोहि गाउँमा बस्ने ३५ बर्षिय ग्यामोल लामा (बिशाल) र ५० बर्षिय होम प्रसाद गौतम रहेका छन् । उनिहरुलाई चुनावी गतिविधि भाडेको आरोपमा ११ गते पक्राउ गरेर १२ गते म्याद थप गरेको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij