प्रकाशित मिति : आइतवार, जेष्ठ १४, २०७४
लुक्ला विमानस्थलमा अवतरणका क्रममा रुखमा ठोक्किएर विमान दुर्घटना भएको थियो । रुखमा ठोक्किएर पछारिएको विमान तीन टुक्रा भएको छ ।
दुर्घटनामा परी घाईते भएका पाइलट पारसकुमार राई र को-पाईलट सिर्जन मानन्धरको उपचारको क्रममा निधन भएको हो ।
राईको हिजो(शनिबार) दिउँसो तथा मानन्धरको राति अबेर निधन भएको हो । विमानकी परिचारिका प्रज्ञा महर्जन घाइते भएकी छिन् ।
खराब मौसमको कारण उनलाई काठमाडौं ल्याउन नसकिएपछि लुक्लामै उपचार भईरहेको छ ।
मौसममा सुधार आउना साथ उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइने विमानस्थलका अधिकारीहरुले बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij