प्रकाशित मिति : सोमवार, जेष्ठ १५, २०७४
जेपी थुलुङ,सोलुखुम्बु । सोलुखुम्बुको सोताङमा सडक बिस्तार भएसंगै सवारी संचालन भएपनि अहिले सबै पसलमा खाद्यन्नको हाहाकार मच्चीएको छ ।
यसअघि केहि समय नियमित सवारी संचालन भएको भएपनि केहिदिन यता सवारी साधन नचल्दा सोताङको शिवटारमा खाद्यन्नको अभाव हुन थालेको हो ।
वर्षा सुरु भएपछि नियमित सवारीसाधन नचल्दा पहिलाको स्टक सकिएकाले खाद्यन्नको अभाव हुन थालेको स्थानीय व्यापारीले वताएका छन् ।
दैनिक उपभोग्य सामाग्री चामल, तेल, चिनि, मैदा लगायतका सामान ढप्प हुदा दैनिक १ दर्जन भन्दा बढि ग्राहक खालीहात फर्कनु परेको किरात स्टोरका प्रोपाईटर बबिता राईले बताउनुभयो ।
सवारी संचालनमा आएपछि गाडीको भरपर्दा सबै खाद्यन्न ठप्प भएको उहाको भनाई छ । सोलुखुम्बुको कर्णाली भनेर चिनिने कोशीपारीका अधिकांश साबिकको गाबिसका ग्राहकहरुले सोताङबाटनै खाद्यन्नका सामाग्री लाने गर्छन् ।
यसअघि दुधकोशी दिप्लीघाट देखी करिब २२ समुह खच्चढले ढुवानी गर्ने गरेको भएपनि सवारी अवागमन हुन थालेपछि अघिकां खच्चढ खुम्बु क्षेत्र लगिएको छ ।
हाल कोशी पारी खड्का स्टोरकोे मात्र २ वटा मालबहाक ट्राक्टरले सामान ढुवानी गर्ने गर्दछन् ।
बर्षात शुरु भएपछि दुधकोशी नदिमा सामान तार्न कठिन भएका कारण शिवटारमा सामानको अभाव खड्कीएको खड्का स्टोरका प्रोपाईटर दिपक खड्काले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij