आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाँकेमा एक पसलमा अचानक आगलागी ; करोडौको क्षति

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १५, २०७४



  • बाँके । बाँकेमा एक पसलमा अचानक आगलागी भएको छ । ने.गं.उ.म.न.पा.१ धम्वोझि स्थित रहेको विष्णु दवाडीको २ तले पक्कि घरमा ऐ.वस्ने पँकज श्रेष्ठले घर भाडामा लिई श्रेया ईम्पोरियम पसलमा संचालन गरेको उक्त पसलमा अचानक आगलागी भएको हो ।

    आगलागी नेपाल प्रहरी, नेपाली सेना,स्थानिय वासी ,न.गं.उ.न.पा.,को.पु.न.पा.वाँके, वर्दिया जिल्ला को गरी ३ वटा दमकल र ने।गं।एयरपोर्टको फायर ग्याँस दमकलको सहयोगमा नियनत्रणमा लिएको हो ।

    आगो नियन्त्रण लिने क्रममा यस का.मा कार्यरत प्र.ज.निराजन वि.क. टाउकोमा चोट र ने.रा.वैंक धम्वोझीमा कार्यरत नेपाली सेनाको सिपाही सन्तोस थापा मगरको ढाडमा  चोट लागि घाईते  भई नरसिंह होम ने,गं. मा उपचार भईरहेको छ ।

    आगलागी सोही घरको विजुलीको तार सर्ट हुन गएको भन्ने खुल्न आएको छ ।  आगलागीबाट हं. ५ करोड बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जलजलाखबरसँग बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij