आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्थानीय तहलाई ‘सूचना मार्ग’ले जोडिने

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १५, २०७४



  • सरकारले राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकहरूमा अप्टिकल फाइबर विस्तार गर्दै आगामी दुई वर्षभित्र सबै जिल्लाका नगरपालिका तथा गाउँपालिकालाई सूचना मार्गले जोडिने भएको छ ।

    व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४÷७५ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै सो जानकारी गराएको हो ।

    यसैगरी सरकारी निकायबाट प्रकाशित सामग्री, सूचना तथा निणर्य एकीकृत रूपमा विद्युतीयमाध्यमबाट समेत उपलब्ध हुने गरी सूचना विभागमा सूचना बैंकको स्थापना गर्ने भएको छ ।

    ‘विदेशी प्रसारण संस्थाबाट नेपालभित्र गरिने प्रसारणलाई विज्ञापनरहित गरिने, सूचना प्रविधिको प्रयोग बढाउन तथा सहज रूपमा सूचना प्रवाह गर्न र सञ्चार मन्त्रालयअन्तर्गत सञ्चालित टेलिसेन्टर एवम् सामुदायिक सूचना केन्द्रलाई नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा स्थानीय हुलाक कार्यालयमार्फत विस्तार तथा सञ्चालन गरिने छ’– अर्थमन्त्री महराले प्रस्तुत गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

    सरकारले अवैध मोबाइल पैठरी नियन्त्रण गर्न इन्टरनेसनल मोबाइल इक्युमेन्ट आइडिन्टिफिकेसन नम्बर दर्ता गर्ने व्यवस्थासमेत गर्ने भएको छ ।

    बजेट वक्तव्यमा भनिएको छ –‘हुलाक सेवालाई स्वायत्त निकायका रूपमा पुनःस्थापना गर्न कानूनी तथा संरचनागत व्यवस्था गरिने छ । हुलाक बचत बैंक स्थापना गर्न सबै स्थानीय तहमा विस्तार गरी खानेपानी, विद्युत् र सामाजिक सुरक्षा भत्ता भुत्तानी गर्ने संस्थाका रूपमा विकास गरिनेछ ।’

    आमसञ्चार माध्यममा महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता, सीमान्तकृतलगायत पछाडि परेका क्षेत्र, वर्ग र समुदायको सहभागिता बढाउने लक्षित कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै अर्थमन्त्री महराले प्रस्तुत गरिएको बजेट वक्तव्यमा भनिएको छ– ‘सरकारले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनसँगै पत्रकारको क्षमता वृद्धिका लागि प्रत्येक प्रदेशमा प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij